काठमाण्डु – मेरो किसान लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि प्रभू क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।
मेरो किसान र प्रभूबिच सोमबार आईपीओ निष्कासनबारे सम्झौता भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सन्तोष बस्तेत तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिपहरि ढुंगाना उपस्थित रहेका थिए ।
मेरो किसान लिमिटेडले किसानसँगको सहकार्यमा बिउबिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दै आएको छ ।
कम्पनीले चितवनको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने उद्देश्यले करीब ३.५ बिगा जग्गा खरिद गरी संरचना निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
चालू आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्णरूपमा सञ्चालन गर्ने र अर्को आर्थिक वर्षको पहिलो त्रैमाससम्म दूध डेरी सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।




प्रतिक्रिया