क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–९ बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ घर भएकी ५१ वर्षीया गीता भण्डारीलाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

गीताले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–९ बाट पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।