परराष्ट्रमन्त्री शर्मा र कुवेतका समकक्षीबिच टेलिफोन संवाद

परराष्ट्रमन्त्री शर्मा र कुवेतका समकक्षीबिच टेलिफोन संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री बालानन्द शर्मा र कुवेतका विदेशमन्त्री महामहिम शेख जर्राह जाबेर अल–अहमद अल–सबाहबिच सोमबार टेलिफोन संवाद भएको छ ।

संवादमा उनीहरूबिच पश्चिम एसिया (मध्यपूर्व) क्षेत्रमा विकसित हुँदै गएको पछिल्लो परिस्थितिका बारेमा विस्तृत छलफल भएको छ ।

वार्ताका क्रममा परराष्ट्रमन्त्री शर्माले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले यस क्षेत्रमा स्थिरता कायम राख्न तथा नेपाली समुदायसहित त्यहाँ बसोबास गर्ने सबै वासिन्दाको सुरक्षा र सुनिश्चितताका लागि कुवेत सरकारले चालेका कदमहरूको प्रशंसा गरे ।

कुवेती विदेशमन्त्री अल–सबाहले वर्तमान युद्धले क्षेत्रीय कानून र संयुक्त राष्ट्रसंघको मानवीय कानूनको गम्भीर उल्लंघन गरेको बताए । उनले कुवेतमा रहेका नेपाली नागरिकहरूको रक्षा र सुरक्षाका लागि आफ्नो सरकार पूर्ण प्रतिबद्ध रहेको पुन: दोहोर्‍याए । उनले क्षेत्रमा जारी तनाव संवादका माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

दुवै देशका मन्त्रीहरूले शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि संयमता, संवाद र कूटनीतिक संलग्नताको महत्त्वमा जोड दिए । उनीहरूले मध्यपूर्वमा जारी तनाव छिट्टै कम हुने आशा समेत व्यक्त गरेका छन् ।