हिजोको हावाहुरीले उदयपुरका २ जनाको ज्यान लियो, ५ जना घाइते

हिजोको हावाहुरीले उदयपुरका २ जनाको ज्यान लियो, ५ जना घाइते

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उदयपुरमा सोमबार साँझको हावाहुरीले २ जना ज्यान लिएको छ । कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको रुखले लागेर मृत्यु भएको हो ।

कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो भने कटारी नगरपालिका–८मा घरमा खसी–बाख्रा सार्ने क्रममा रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा राति निधन भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दियो ।

घटनामा अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीला बहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन् ।

उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।