काठमाण्डु– निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत फागुन २१मा सम्पन्न प्रतिनिधिसभा चुनावको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
आयोगले राष्ट्रपतिलाई यहि चैत्र ५ गते दिउँसो ३ बजे प्रतिवेदन बुझाउने भएको हो ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गर्दै छ।समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउने छ। त्यसपछि आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने छ ।
निर्वाचनमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया