काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका छन्।
पितृशोकमा रहेका ओलीलाई समवेदना प्रकट गर्न राष्ट्रपति पौडेल मंगलबार गुन्डु पुगेका हुन्।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
यसअघि प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पनि ओली निवास पुगेका थिए ।




प्रतिक्रिया