काठमाण्डु– रुकुमपश्चिम चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मेयर वादी र असिस्टेन्ट सबइन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको आर्थिक वर्ष २०८१/८२ मा करार थप्न घुस लिएको मेयर वादीलाई आरोप लागेको छ।
सबइन्जिनियर शाहले नै करार थप्नका लागि मेयर वादीलाई एक लाख रुपैयाँ घुस दिएको अख्तियारमा उजुरी हालेका थिए।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा दुवै जनालाई कैद सजाय माग दाबी गरिएको छ। त्यस्तै, घुस लिए दिएको एक लाख रुपैयाँ जफत गर्न पनि माग गरिएको छ।




प्रतिक्रिया