पुस्तक जलाएको घटनामा चीनको आपत्ति, दोषीउपर कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

पुस्तक जलाएको घटनामा चीनको आपत्ति, दोषीउपर कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीउपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयको पत्रअनुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारवाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो । घटनाको छानबिन तथा कारवाही गर्न काठमाण्डुस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि प्रहरीलाई पत्राचार गरेको छ । घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानूनी दायरामा ल्याउन मोरङका सीडीओ, प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।