रास्वपाको अभिमुखीकरणमा सांसद्लाई योग कक्षा (तस्बिरहरू)

रास्वपाको अभिमुखीकरणमा सांसद्लाई योग कक्षा (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई योग प्रशिक्षण दिइएको छ ।

अभिमुखीकरणको दोस्रो दिन योग प्रशिक्षणसँगै सुरु भएको छ ।

अभिमुखीकरणमा बुधबार सभापति रवि लामिछानेले सम्बोधन गरेपछि समापन गर्ने तयारी छ ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

दुईदिने अभिमुखीकरणमा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइएको छ ।