काठमाण्डु– ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किदा एक महिलाको ज्यान गएको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।
आइतबार बिहान पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा अन्य ४ जना घाइते भएका छन् ।घाइते हुनेहरूमा रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन् ।
गम्भीर घाइते चन्दलाई भने थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया