मुलुकलाई यथास्थितिमा राख्न सकिन्न, परिवर्तन अपरिहार्य छ : सांसद पोखरेल

मुलुकलाई यथास्थितिमा राख्न सकिन्न, परिवर्तन अपरिहार्य छ : सांसद पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित सांसद विश्वराज पोखरेलले मुलुक परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।

आईतबार काठमाण्डुमा आयोजित ओखलढुंगाको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटले विजयको यस घडीमा उभ्याएको बताए ।

पोखरेलले भने, ‘हामीले यो मुलुकलाई परिवर्तन गर्नुपर्छ, मुलुकलाई यथास्थितिमा राख्न सकिन्न । यो मुलुकको आवश्यकता हो, नागरिकहरूको चाहना र युवाहरूको भविष्य हो । त्यसैले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटका साथ हामीले गरेको मेहनत र परिश्रमले आज हामीलाई विजयको यस घडीमा उभ्याएको हो । यो सम्पूर्ण जनता र ओखलढुंगावासीहरूको विजय हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको विश्वास बढ्दो रहेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टीको रूपमा उदाएको छ, जसले नेपाली जनताको भविष्य र मुलुकको दिशालाई सही मार्गमा डोर्‍याउन सक्छ र नयाँ भविष्य दिन सक्छ भन्ने विश्वास सिर्जना गरेको छ ।’