कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका ६ निर्णयहरू सार्वजनिक

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका ६ निर्णयहरू सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गरेका ६ निर्णयहरू सार्वजनिक गरिएको छ ।

पार्टी प्रवक्ता देवराज चालीसेद्वारा आईतबार जारी विज्ञप्तिअनुसार पार्टी सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामालाई सर्वसम्मतिले अस्वीकृत गरिएको छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा चैत ६–८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको छ ।

केन्द्रीय समितिले निर्वाचनको पराजय व्यक्तिगत नभई संरचनागत समस्या र नियन्त्रण बाहिरको परिस्थितिका कारण भएको ठहर गरेको छ । वर्तमान जटिल राजनीतिक अवस्थामा थापाकै नेतृत्व आवश्यक रहेको, राजीनामाले पार्टीमा अस्थिरता र कार्यकर्तामा अन्योल ल्याउने तथा ‘कांग्रेस २.०’ सुधार कार्यक्रमको निरन्तरताका लागि उनकै नेतृत्व अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको छ ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति