इरानसँग ‘सकारात्मक वार्ता’ भइरहेको ट्रम्पको दाबीबिच नेतन्याहुले भने- दुवै देशमा हमला जारी छ

इरानसँग ‘सकारात्मक वार्ता’ भइरहेको ट्रम्पको दाबीबिच नेतन्याहुले भने- दुवै देशमा हमला जारी छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानसँग ‘सकारात्मक वार्ता’ भइरहेको बताएका छन् ।

ट्रम्पले सोसल मिडियामा एक पोस्टमार्फत इरानसँग वार्ता भइरहेको बताएका हुन् । यसैविच आगामी ५ दिनसम्म आक्रमण स्थगित गर्ने घोषणा समेत ट्रम्पले गरेका छन् । यता इरानले भने अमेरिकासँग सम्वादमा नरहेको जवाफ दिएकाे छ ।

यो सँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । ११४ डलर प्रति ब्यारेल नाघेको ब्रेन्ट क्रूड (कच्चा तेलको एक प्रकार) को मूल्य ११–१३ प्रतिशतले घटेर १०० डलरभन्दा तल झरेको थियो । यद्यपि पछि मूल्य पुनःकेही बढेको छ ।

यता इजरायलले भने इरान र लेबनन दुवैविरुद्ध हमला जारी रहेको जनाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक्स अकाउन्टमा भिडिओ वक्तव्य जारी गर्दै इरानविरुद्ध आक्रमण नरोकिएको बताएका हुन्।

भिडिओमा नेतन्याहुले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पलाई विश्वास छ( अमेरिकी सेनासँग हामीले हासिल गरेको अभूतपूर्व सफलता उपयोग गर्दै एउटा सम्झौतामा युद्धका उद्देश्य प्राप्त गर्ने अवसर छ। एउटा यस्तो सम्झौता, जसले हाम्रो महत्त्वपूर्ण हितको रक्षा गर्नेछ।’

उनले अगाडि भनेका छन्, ‘हामी जुनसुकै मूल्यमा पनि हाम्रा महत्त्वपूर्ण हितको रक्षा गर्नेछौँ।’