काठमाण्डु– दुईजना प्रहरी सहायक निरीक्षक (असई), ६ जना हबलदारसहित २४ जना प्रहरी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले मंग्लबार सूचना जारी गर्दै २४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको बताएको हो ।
उनीहरुलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।




प्रतिक्रिया