कांग्रेस बैठक : मुख्यालय पुगे गगन, ५ एजेन्डामा छलफल हुने

कांग्रेस बैठक : मुख्यालय पुगे गगन, ५ एजेन्डामा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बैठक सुरु हुने छ ।

बैठकमा ५ एजेन्डा तय गरिएको छ ।

बैठकमा १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन् ।

यस्तै पार्टीको बैठकमा सहभागी हुन सभापति गगन थापा पार्टी मुख्यालय पुगेका छन् ।

राजीनामा अस्वीकृत भएपछि आज पहिलो पटक बैठकमा सहभागी हुने पुगेका थापाले प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक औपचारिक रूपमा आफ्नो धारणा राख्दै छन्।