एमबीएमा भर्ना हुन भारत पुगे पुरुषोत्तम यादव

एमबीएमा भर्ना हुन भारत पुगे पुरुषोत्तम यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादव भारत पुगेका छन् । एमबीए अध्ययनका लागि भर्ना हुन उनी नोएडाको शारदा युनिभर्सिटीमा पुगेका हुन् ।उनले सोही कलेजबाट ब्याचलर पुरा गरेका थिए ।

सांसदमा शपथ लिएपछि आउन जान समस्या हुने भएपछि हतारमा युनिभर्सिटीमा पुगेको उनले बताए । ‘सांसदको शपथ लिएपछि आउजाउमा विभिन्न प्रोटकलको समस्या हुने भनेर नै हतार हतारमा यहाँ आएको हुँ, एमबीएमा नाम दर्ता गराएर फर्किने छु ।’ उनले भने ।

उनले अनलाइन क्लास हुने भएकाले फेरी फेरी आइरहन नपर्ने बताए । नयाँ सरकारको गठन नजिकिएको बेला उनी भारत गएकाे भन्दै आलोचना भइरहेको छ ।