मैले हतास र दबाबमा राजीनामा दिएको थिइनँ : गगन थापा

मैले हतास र दबाबमा राजीनामा दिएको थिइनँ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारमा राजीनामा नदिएको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आफूले विधान अनुसार नै उपसभापतिलाई राजीनामा बुझाएको बताएका हुन् ।

थापाले भने, ‘मेरो राजीनामाको टीकाटिप्पणीबारे केही भन्नु छैन। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापतिसमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । निर्वाचन लगत्तै राजीनामा दिन चाहन्थे। तर केही प्राविधिक कुराले रोक्यो।’

उनले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको बताए ।

उनले आफूहरूले विशेष महाधिवेशन गरेर कुनै कमजोरी नगरेको जिकिर गर्दै उनले भने, ‘हामी चुनावमा प्रतिस्पर्धा गर्ने सबैले परिस्थितिबारे मूल्याङ्कन गरेका छौँ । जो कांग्रेसका उम्मेदवारका निम्ति मत माग्न आउनुभएन वा मत हाल्न जानुभएन उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुभएन ।’

यस्तै उनले रास्वपालाई संविधानको भावना अनुसार काम गर्न सुझाव दिएका छन्। उनले भने, ‘रास्वपाले ५ वर्षको लागि सरकार चलाउने अवसर पाएको छ। पार्टी र व्यक्तिको तर्फबाट बधाई दिन्छु, संविधान र नवयुवाहरूको विद्रोहको मर्म अनुसार यो कार्यकाल सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा दिन चाहन्छु।’