काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् ।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् ।
सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम हप्ता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन् । प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ ।
विशेष महाधिवेशन भएको १ वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४–२८ गतेसम्म भएको थियो । महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए ।




प्रतिक्रिया