काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको अभियोग संशोधन विरुद्धको मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
अब रिटमाथिको सुनुवाइ बिहीबार हुनेछ । सोमबार पनि न्यायाधीशद्वय शर्मा र मुसलमानको संयुक्त इजलासमा रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाण्डु, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय गरेकी थिइन् ।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल ‘सफल’ले मुद्दा दायर गरेका थिए ।




प्रतिक्रिया