कांग्रेसले पनि निर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिने

कांग्रेसले पनि निर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पनि नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिने भएको छ ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३८ जितेको छ । यस्तै, राष्ट्रिय सभामा ९ जना सदस्य छन् । उनीहरुलाई चैत्र १४ गते शनिबार अभिमुखीकरण दिने तयारी छ।

कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संयुक्त रुपमा अभिमुखीकरण दिने भएको हो ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचन र माघ ११ गत भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण गराउन लागेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाबारे अभिमुखीकरण दिइनेछ । अभिमुखीकरण पार्टी कार्यालय सानेपामा हुने छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिएको थियो ।