काठमाण्डु – निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित सांसदहरू शपथ ग्रहणको लागि सिंहदरबार जाने क्रम जारी छ ।
दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम हुँदैछ ।
प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ११० जना निर्वाचित भएका हुन् । जेष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने छन् ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा साविकको संसद् भवनमा आगजनी भएपछि सिंहदरबारमा बन्दै गरेको संसद् भवनमा नयाँ सांसदको शपथको हुँदैछ ।










प्रतिक्रिया