‘१०० निर्णय’सहित बालेनले गर्दैछन् प्रधानमन्त्री पदको बहाली

‘१०० निर्णय’सहित बालेनले गर्दैछन् प्रधानमन्त्री पदको बहाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको सपथ लिँदैछन् ।

राष्ट्रपतिबाट सपथ लिएपछि बालेनले मन्त्रिपरिषद्का सदस्यहरूको सपथ गराउनेछन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहितको स्पष्ट बहुमत पाएको रास्वपाले पहिलो पटक सरकार बनाउँदैछ ।

सरकारमा जाने मन्त्रीहरूको टुंगो अहिलेसम्म लागेको छैन ।

बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले शुक्रबार सपथ लगतै सुशासन र सेवा प्रवाह सहज बनाउने उद्देश्यका विभिन्न सय वटा निर्णय गर्ने तयारी गरेको छ ।

बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकपछि मन्त्रीहरूले पदभार ग्रहण गर्ने पहिलो दिनमै जनतालाई राहत दिने निर्णयहरू सार्वजनिक गरिने रास्वपाका एक नेताले बताए ।

उनले पहिलेका परम्परालाई तोड्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै १०० दिनभित्र कार्यान्वयन गर्नेगरी ‘१०० निर्णय’ घोषणा गर्ने तयारी छ ।

यसका लागि पार्टीले मुख्य सचिव सुमनराज अर्याललाई विभिन्न मन्त्रालयबाट सुझाव संकलन गरी शाहसमक्ष पेश गर्न भनेको थियो । मुख्यसचिव अर्यालले १०० दिनभित्र गर्ने कार्यहरूको सुझाव मन्त्रालयहरूबाट संकलन गरेका हुन् । ती सुझावहरूको आधारमा निर्णय सूची घोषणा गरिनेछ । सरकारलाई नतिजामुखी बनाउन यस्तो घोषणा गर्न लागिएको हो ।

शाहलाई संसदीय दलको नेता चयन गरिएपछि पार्टी सभापति रवि लामिछाने र बालेनबीच मन्त्रीहरूको अन्तिम सूची र कार्यक्रमबारे बिहीबार रातिसम्म छलफल भएको छ ।

शाहले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा वैदिक–सनातन परम्पराअनुसार शपथ लिनेछन् र त्यसपछि सिंहदरबामा मा पदभार ग्रहण गर्नेछन् ।

यस्तै अन्य मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरी सरकारका निर्णय कार्यान्यन गर्ने प्रतिद्धता जनाउने छन् ।

‘१०० निर्णय’सहित सुरुवात गर्ने तयारीले नयाँ सरकारप्रति जनअपेक्षा उच्च बनाउने रास्वपाका नेताको भनाइ छ ।

ती नेताका अनुसार मन्त्रीहरूले व्यक्तिगत रूपमा पहिलो निर्णय गर्न पाउने छैनन् । ‘मन्त्रिपरिषद्को पहिलो बैठकले प्राथमिकताका आधारमा १०० वटा निर्णय घोषणा गर्ने र सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्नेछ’, उनले भने ।