अन्तर्राष्ट्रिय मिडियामा बालेन शपथको चर्चा

अन्तर्राष्ट्रिय मिडियामा बालेन शपथको चर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शाहलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलबाटै मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि पद तथा गोपनियताको शपथ लिएका हुन् ।

त्यस अवसरमा १०८ जना बटुकले स्वस्तिवाचन, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन र सात जना ब्राह्मणले शंखनाद गरेका थिए ।

प्रधानमन्त्रीमा बालेनको नियुक्तिलाई अन्तर्राष्ट्रिय मिडियाले प्रमुखताका साथ स्थान दिएका छन् । उनीहरूले बालेनको नेतृत्वमा नेपालले नयाँ यात्रा सुरु गर्ने टिप्पणी पनि गरेका छन् ।

भारतको इन्डिया टुडे, इन्डियन इक्सप्रेस, एनडीटीभी, दक्षिण कोरियाको पानाउले नेपालको प्रधानमन्त्रीमा बालेन शाह नियुक्त भएको र उनले राष्ट्रपतिबाट शपथ लिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

यसैगरी भारतको डेकेन हेराल्ड, मिन्ट, बाशिङटन पोस्ट, द गार्जियन, न्यूजअन एयर, टाइम्स अफ इन्डिया, भारतकै द फेडरल जस्ता चर्चित समाचार संस्थाहरूले पनि बालेन प्रधानमन्त्री नियुक्त भएको समाचार छापेका छन् ।

द फेडरलले उनी नेपालकै सबैभन्दा कान्छा प्रधानमन्त्री भएको उल्लेख गरेको छ । टाइम्स अफ इण्डियाले लेखेको छ, ‘उनको वास्तविक परीक्षा उनको विगतमा होइन, उनको वर्तमान दृष्टिकोणमा हुनेछ ।’

३५ वर्षीय बालेन शाह देशमा परिवर्तनका प्रतीक भएको द गार्जियनले लेखेको छ । मिन्टले बालेन मधेश क्षेत्रबाट पहिलो प्रधानमन्त्री भएको लेखेको छ ।