अध्यक्ष ओली पक्राउ परेपछि एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

अध्यक्ष ओली पक्राउ परेपछि एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको छ।

एमालेका सचिव महेश बस्नेतका अनुसार बैठक शनिबार बिहान साढे ८ बजे बस्दैछ ।

अध्यक्ष ओली पक्राउको विरोधमा विरोध कार्यक्रम तय गर्न सचिवालय बैठकमा छलफल हुने बस्नेतले बताए ।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न बैठक बोलाइएको उनले बताए ।

ओली पक्राउ परेपछि बस्नेतले फेसबुकमा लेखेका छन्, ‘बालेन सरकारद्वारा सुधन उरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।’

उनले अगाडि भनेका छन्, ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँ संख्यामा खटिएको देख्दा दुःख लाग्छ।’