बाजुरा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध बाजुरामा विरोध प्रर्दशन गरिएको छ ।
एमाले जनसंगठनहरूको तर्फबाट शनिबार विरोध प्रदर्शनी गरिएको हो ।
ओली पक्राउपछि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले शनिबार देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरूप बाजुरामा पनि ओलीको रिहाइको माग गर्दै विरोध गरिएको छ ।
विदेशी हस्तक्षेप मुर्दावाद, गृहमन्त्री राजीनामा गर, ओलीको रिहाई गर, २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर, राज्य आतंक बन्द गर, देश जलाउनेलाई कारवाही गर, विदेशी दलाल होसियार भन्दै विरोध गरिएको छ ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगायत अन्य ठाउँमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले बालेन नेतृत्वको सरकारको घोरविरोध गरेका हुन् । नवनियुक्त सरकारले सुरुमै प्रतिशोधको राजनीति गरेको उनीहरूको ठहर थियो ।
शनिबार जनसंगठनले विरोध गरेको हुन् भने आईतबार जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको एमाले बाजुराले जनाएको छ ।
अहिलेको सरकारले लोकतन्त्र र कानूनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्न आवश्यक रहेको बताउँदै नागरिक समाज र आमजनसमुदायसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरिएको छ ।




प्रतिक्रिया