एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताले गरेको प्रदर्शनका कारण माइतीघर तनावग्रस्त भएको छ ।

प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरू लागेका छन् ।

प्रहरीले शनिबार बिहानै ओलीलाई गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रूपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।