काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले देशभर आन्दोलन गरेका छन् ।
शनिबार काठमाण्डुको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको हो ।
भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारीसाधन आवागमन समेत प्रभावित भएको छ ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडपको स्थिति समेत सिर्जना भएको थियो । त्यसैक्रममा ७ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका पवन भट्टराईले जानकारी दिए ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डुले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । भट्टराईका अनुसार १ जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।
सुरक्षामा खटिएका प्रहरीले संयमित भई प्रदर्शन गर्न र सडक अवरोध हटाउन आग्रह गरिरहेका थिए । प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेका थिए ।




प्रतिक्रिया