काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तथा नेपाली कांग्रेसका नेता एव्म पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार अदालत पेस गर्न लागिने भएको छ ।
शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आइतबार अदालतमा पेस गर्न लागिएको हो ।
म्याद थपका क्रममा काठमाण्डुजिल्ला अदालतमा ओली र लेखकका तर्फबाट ठूलो सङ्ख्यामा वकिलहरूले बहस गर्ने तयारी गरेका छन्। एमालेले आइतबार नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी छ।
शनिबार बिहान पक्राउ परेका दुवैलाई सार्वजनिक बिदा भएकाले हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न आइतबार अदालतमा पेस गर्न लागिएको हो। यस प्रक्रियाअन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालतमा लगिनेछ।
कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्ने प्रहरीले जनाएको छ।
ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।




प्रतिक्रिया