ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाद्वारा सर्वाेच्चमा रिट पेश

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाद्वारा सर्वाेच्चमा रिट पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पेश गरेकी छन् ।

आईतबार दायर रिटमा ओलीलाई गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण निवेदन पेश गरेकी छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेश भए पनि अध्ययनको क्रममा रहेको छ ।

ओली पक्राउ परेपछि देशभर उनका समर्थक र एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।