प्रतिनिधिसभा सदस्यलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण पेश गर्न आग्रह

प्रतिनिधिसभा सदस्यलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण पेश गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ ।

संघीय संसद् सचिवालयअन्तर्गत सांसद सुविधा शाखाले सूचना जारी गर्दै सम्बन्धित सदस्यहरूलाई कानुनी व्यवस्थाअनुसार विवरण बुझाउन स्मरण गराएको छ ।

प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ले सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । कानुनी प्रावधानअनुसार पदभार ग्रहण गरेको मितिले ६० दिनभित्र आफ्ना साथै परिवारका सदस्यको नाममा रहेको सम्पत्ति, त्यसको स्रोत तथा प्रमाणसहित अद्यावधिक विवरण सम्बन्धित निकायसमक्ष बुझाउनुपर्ने हुन्छ ।

कानुनी दायित्वलाई कार्यान्वयनमा ल्याउन संसद् सचिवालयले समयसीमा तोक्दै सांसदहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।