पूर्वमन्त्री खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वमन्त्री खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सम्पत्ति शुद्धीकरण कसूर सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आईतबार बिहान पक्राउ परेका कांग्रेस नेता खड्कालाई थुना अनुमतिका लागि काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीविरुद्धका प्रमाणहरू संकलन गर्ने तथा थप बयान लिने लगायत अनुसन्धान सम्बन्धी काम अझै बाँकी रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७(४) बमोजिम खड्कालाई आईतबारदेखि लागू हुने गरी ७ दिनको थुना अनुमति दिइएको छ ।