काठमाण्डु – प्रधानमन्त्री बालेन शाह विभिन्न प्रदेशका सांसद्हसँग छलफल थालेका छन् ।
प्रधानमन्त्री बालेनले सोमबार कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन जुटेको उनको सचिवालयले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण अघि समेट्नुपर्ने विषयमा प्रधानमन्त्रीले सांसद्हरूसँग छलफल केन्द्रित गरेका हुन् ।
छलफल गरेपछि समस्या पहिचान गरेर सरकारले अगाडि सारेका सुशासनका एक सयवटा कार्यसूचीको कार्यान्वयन र बजेट निर्माणमा केन्द्रित हुने तयारीमा प्रधानमन्त्री छन् ।
सचिवालयका अनुसार चरणबद्ध रूपमा सबै प्रदेशका सांसद्हरूसँग प्रधानमन्त्रीले छलफल गर्नेछन् ।
आइतबार प्रधानमन्त्री बालेनले मन्त्रीहरूसँग छलफल गरेका थिए । सांसदहरूसँग छलफलपछि प्रधानमन्त्री बालेनले मध्यान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।




प्रतिक्रिया