काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ ।
काठमाण्डु जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बस्नेतको विवादको विषय उच्च अदालत पाटनमा विचाराधीन रहेकाले इजलासले अनुमति दिन अस्वीकार गरेको जानकारी दिए ।
उच्च अदालतबाट नटुंगिएसम्मका लागि अनुमति दिन नमिल्ने आदेश भएको छ ।




प्रतिक्रिया