राष्ट्रपतिद्वारा चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान, सिंहदरबारमा बस्ने

राष्ट्रपतिद्वारा चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान, सिंहदरबारमा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत १९ गते बिहीबारका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरिएको हो । अधिवेशन आगामी बिहीबार दिउँसो २:०० बजे संघीय संसद् भवन सिंहदरबारमा बस्नेछ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि आह्वान गरिएको पहिलो संसद् अधिवेशनलाई चासोका साथ हेरिएको छ ।