क्याम्पसमा अब विद्यार्थी काउन्सिल बन्द

क्याम्पसमा अब विद्यार्थी काउन्सिल बन्द

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्ने सरकारको रणनीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ ।

शासकीय सुधारका लागि तय गरिएको १०० बुँदे कार्ययोजनाअन्तर्गत शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्न र शैक्षिक गुणस्तरमा गिरावट रोक्ने उद्देश्यले सरकारले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको हो ।

दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल वा ‘भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली स्थापना गरिने सरकारी योजना छ । यो योजना पहिलो ९० दिनभित्र कार्यान्वयनमा आउने सरकारको भनाइ छ ।

‘अब विद्यार्थीको हकहित र भावनालाई सही ढङ्गले प्रतिनिधित्व गराउन ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता संयन्त्रहरूको विकास गरिने छ’ सरकारको योजना सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भने ।

‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्न यस्तो निर्णय लिइएको हो’, उनले भने । २०६६ पुस ३ गते तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले स्ववियु भ्रष्टाचारीहरूको चलखेल गर्ने थलो बनेको भन्दै विश्वविद्यालयबाट यस्तोे संरचना विघटन गर्नुपर्ने बताएका थिए ।

सरकारका प्रवक्ता पोखरेलका अनुसार विद्यार्थी काउन्सिल वा ‘भ्वाइस अफ स्टुडेन्ट’ले पनि स्वतन्त्र विद्यार्थी युनियनकै जस्तो विद्यार्थीकै हकहितमा काम गर्नेछ ।

यस्तो अभ्यास हाल काठमाण्डु विश्वविद्यालयमा छ । यहाँ विद्यार्थी युनियन छ, तर दलीय संगठन भने छैन । काठमाण्डु विश्वविद्यालयको जस्तै त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा यस्तो संयन्त्र बनाउने सरकारको तयारी छ ।

काउन्सिलमा विद्यार्थी र विश्वविद्यालयको प्रतिनिधिसमेत हुनेछ । विद्यार्थीमध्येबाटै छानेर काउन्सिलको नेता बनाइनेछ र यसले शैक्षिक गतिविधि र उनीहरूको करिअरका लागि काउन्सिलिङ गर्नेछ ।

नेपालको विश्वविद्यालयमा विद्यार्थी संगठन २००४ सालको ‘जयतु संस्कृतम्’ आन्दोलनबाट सुरु भएको हो ।

राणा शासनविरुद्धको यो पहिलो संगठित विद्यार्थी विद्रोह थियो । त्यसपछि २००६ सालमा अखिल नेपाल विद्यार्थी फेडेरेसन (अनेविफे) स्थापना भयो भने २०२२ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को गठन भयो । तर यसको औपचारिक स्थापना ६ वैशाख २०२७ मा भएको हो ।

२००२ जेठ १ गते एमाले निकट अनेरास्ववियु र २०५०मा माओवादी निकट अखिल क्रान्तिकारीको जन्म भयो । यी विद्यार्थी संगठनहरूले शासकीय निरंकुशता, सामन्तवाद र राजतन्त्रविरुद्ध आन्दोलनमा सहभागिता जनाउँदै आएका छन् । उनीहरू २०३६, २०४६ र २०६२÷६३ को आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेको इतिहास छ ।

यी संगठनहरू शैक्षिक केन्द्रमा राजनीति केन्द्रित हुँदै आएका हुन् र क्रमशः दलगत राजजीतिमा सीमिति हुँदै गए । पछिल्लो समयमा विद्यार्थी संगठनहरूका कारण विश्वविद्यालयर क्याम्सहरूको शैक्षिक वातावरण प्रभावित हुँदै आचएको छ ।

क्याम्सहरूको स्वतन्त्र विद्यार्गी युनियन (स्ववियु)को नाममा तालाबन्दी, तोडफोड, र अनियमितता सामान्य बनेको छ ।