देउवा-कोइराला पक्षको केन्द्रीय कार्यसमिति बैठक सुरु, को को छन् सहभागी (तस्बिरहरू)

देउवा-कोइराला पक्षको केन्द्रीय कार्यसमिति बैठक सुरु, को को छन् सहभागी (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको देउवा–कोइराला पक्षको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

धुम्बाराहीस्थित होटल स्मार्टमा बैठक आयोजना गरिएको हो ।

बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् । तत्कालीन सभापति शेरबहादुर देउवा तथा पूर्णबहादुर खड्का समूह र शेखर कोइराला समूहका केन्द्रीय सदस्यहरू मात्र सहभागी भएका छन् ।

तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक सुरु भएको छ । तर विशेष महाधिवेशनबाट निर्वाचित र त्यसपक्षमा लाग्नेकाहरू बैठकमा सहभागी छैनन् ।

बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता लेखक र अर्का पूर्वमन्त्री दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गरिनेछ ।

बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा देउवा पक्षले दायर गरेको रिटबारे छलफल हुने नेता गुरु बरालले जानकारी दिए । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।

नेता बरालले बैठकबाट पार्टी झन एकतावद्ध हुने दाबी गरे ।

बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्व उपसभापति विमलेन्द्र निधि, नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, बद्रि पाण्डे र जीवन परियार सहभागी छन् ।

यस्तै मान बहादुर विश्वकर्मा, मोहन बस्नेत, महेन्द्रा सुब्बा, रामहरि खतिवडा, जीवनबहादुर शाही, ध्यानगोविन्द रञ्जित, महालक्ष्मी उपाध्याय डिना, आनन्द ढुंगाना बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल गुरु बराल, शंकर भण्डारीसहितका नेताहरू पनि बैठकमा उपस्थित भएका छन् ।