एमालेले ओली पक्राउको विरोधमा २४ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने

एमालेले ओली पक्राउको विरोधमा २४ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलले चैत २४ गते देखि वैशाख १२ गते सम्म प्रदर्शन गर्ने जानकारी दिए ।

यस्तो छ प्रदर्शनको कार्यसूची

–चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने

–त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम

–वैशाख ३ गते वडा तहमा भेला

–७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने

–वैशाख १२ गते राजधानी काठमाण्डुमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने