काठमाण्डु– चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा लागिएको थियो । उनलाई थप उपचारको लागि हेटौडातर्फ पठाउदाँ २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको हो ।
चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुवै जनालाई माछा मारी घर फर्केने क्रममा हिडिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए ।




प्रतिक्रिया