काठमाण्डु– गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै पैसा असुल्ने २ जना पक्राउ परेका छन् ।
बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगरलाई प्रहरीले पक्राउ गरेका हुन् ।
पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका ३ जना प्रतिवादीलाई सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशसमक्ष भनसुन गरी धरौटीमा छुटाइदिन्छु भन्दै ९ लाख रुपैयाँ मागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भद्रकालीका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।




प्रतिक्रिया