काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।




प्रतिक्रिया