एक साताका लागि खाडीका उडान स्थगित, निगमले टिकटको पैसा फिर्ता लिन बोलायो

एक साताका लागि खाडीका उडान स्थगित, निगमले टिकटको पैसा फिर्ता लिन बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल वायुसेवा निगमले दोहा, दुबई र दमामका उडानहरु चैत्र २४ गते सम्मका लागि स्थगित गरेको छ ।

मध्यपूर्वमा चलेको द्वन्द्वका कारण उक्त देशमा हवाई क्षेत्र आंशिक तथा पूर्ण रुपमा बन्द भएका कारण चैत्र २४ गते सम्मका लागि उडान स्थगित गरेको हो ।

निगमले आगामी दिनको उडान सम्बन्धमा निगमको सूचना अनुसार वा सम्पर्क गरेर मात्र विमानस्थलमा आउन अनुरोध गरेको छ ।

यस्तै निगमले टिकट काटेर पनि तीनवटा गन्तव्यमा उड्न नपाएका यात्रुलाई पूरै पैसा फिर्ताका लागि सम्पर्कमा आउन अनुरोध गरेको छ।

निगमले जहाँबाट टिकट खरिद गरेको हो, त्यहीँ सम्पर्क गर्न र बिक्रेता एजेन्सीलाई यसमा सहजीकरण गर्न अनुरोध गरेको हो।

सबै टिकेटिङ संस्था र अनलाइन पोर्टलहरुलाई यात्रुलाई सहजीकरण गर्न समेत आग्रह गरिएको छ।