एसईई परिक्षा भोलीबाट : परीक्षा केन्द्रमै कपी जाँचिने, महिना दिनभित्र नतिजा सार्वजनिक गरिने

एसईई परिक्षा भोलीबाट : परीक्षा केन्द्रमै कपी जाँचिने, महिना दिनभित्र नतिजा सार्वजनिक गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– यसवर्षको एसईई परीक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । जसमध्ये टेक्नीकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परीक्षा दिन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका २ हजार ३६ केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु हुने छ ।

यसवर्ष परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी हुनेछन्। यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन्।

प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन्।

यस वर्ष बोर्डले उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गर्ने बताएको छ। परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुरुप परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो।