काठमाण्डु – प्रतिनिधि सभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ ।
बुधबार बसेको सर्वदलीय बैठकमा चैत २२ गते सभामुखको निर्वाचन गर्ने सहमति दलहरूबिच भएको छ ।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिनिधि सभाको पहिलो बैठकमा चैत २० गते सभामुखको मनोनयन हुने जानकारी दिए ।
प्रतिनिधि सभामा स्पष्ट बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको चर्चा छ ।




प्रतिक्रिया