काठमाण्डु – प्रतिनिधिसभा सभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार सभामुखको उम्मेदवारी दर्ता शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । उम्मेदवारको सूची प्रकाशन शुक्रबार दिउँसो २:३० बजे गरिनेछ ।
चैत २२ गते बिहान ११ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा सभामुखको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सूचनामा उल्लेख छ ।





प्रतिक्रिया