बादलको सम्बोधनले एमालेमा असन्तुष्टि, सचिवालय बैठक बोलाइयो

बादलको सम्बोधनले एमालेमा असन्तुष्टि, सचिवालय बैठक बोलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति पार्टीभित्र असन्तुष्टि व्यक्त भएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा लेख्दै थापाको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’

पार्टी उपाध्यक्ष समेत रहेका बादलले नेपाली सेना लगायतमाथि आरोप लगाउँदै प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए ।