एमालेले प्रधानमन्त्री बालेनलाई दियो औपचारिक बधाई (निर्णयहरुसहित)

एमालेले प्रधानमन्त्री बालेनलाई दियो औपचारिक बधाई (निर्णयहरुसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले पार्टीको नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्सना गरेको छ।

शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकको निर्णय सुनाउँदै सचिव लेखराज भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘ नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।’

त्यस्तै एमालेले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रविन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ । सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडी हट्न ध्यानाकर्षण समेत गराएको छ ।

‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ,’उनले भने ।

यस्तै सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

‘सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’भट्टले भने ।

यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाह लाई औपचारिक रुपमा बधाई दिने निर्णय गरेको छ ।

‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’।