काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरूको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् ।
सोमबार पुरानो संघीय संसद् भवन बानेश्वर अगाडि शहीदहरूको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन् ।
कार्यक्रममा शहीदहरूका परिवार र नागरिकहरू उपस्थित थिए ।
दीप प्रज्वलनमार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।




प्रतिक्रिया