लागूऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

लागूऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – प्रहरीले लागूऔषध र अवैध हातहतियारको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरी खानतलासलाई तीव्रता दिएको छ ।

कर्णालीमा लागूऔषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाँचमा कडाइ गरेको जनाएको छ ।

मंगलबार प्रहरीले लुम्बिनीबाट भित्रिने सवारीसाधनहरूमा चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजङ्ग बुढ्थापाले बताए ।

कर्णालीको प्रवेशद्वार भेरीगंगा नगरपालिकाका ५ स्थित बबई चेकप्वाइन्ट अगाडि इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट ट्राफिकसहित ९ जना प्रहरी र केनाइन शाखा कोहलपुर बाँकेबाट तालिम प्राप्त २ कुकुर सहितको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको छ ।

सीमा नाकाबाट भित्रिन सक्ने लागूऔषध तथा अवैध हातहतियार ओसारपसार र विष्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुरको प्रयोगमार्फत चेकजाँच गरिएको उनले बताए ।