शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुर्जी लिएको हो ।

देउवा दम्पत्ति हाल विदेशमा छन् ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा पैसा भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो।

नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरु देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओलीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने निर्णय गरेको थियो ।