काठमाण्डु – सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि भएको छ । मध्यपूर्व द्वन्द्वका कारण इन्धनको मूल्य वृद्धि भएपछि सरकारले यातायातको भाडा बढाएको हो ।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा १५.७५ प्रतिशतले समायोजन गरिएको छ ।
विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको यातायात विभागले जनाएको छ । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ ।
विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने छ ।




प्रतिक्रिया